
२१ मंसिर, पोखरा । कास्कीमा शान्तिपूर्णरुपमा मतदान जारी छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कास्कीका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान शुरु भएको थियो ।
क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीका अनुसार अहिलेसम्म मतदानमा उत्साहपूर्ण सहभागीता देखिएको छ भने मतदान शान्तिपूर्ण भइरहेको छ ।
अपराह्न ५ बजेसम्म लाइनमा बसेकाहरुले मतदान नसकिएसम्म मतदान गर्न पाउने क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए ।
कसैबीच, कास्कीका उम्मेद्वारहरुले मतदान गरेका छन् । कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका कांग्रेस उम्मेद्वार यज्ञबहादुर थापा र वाम गठबन्धनका साझा उम्मेद्वार खगराज अधिकारीले मतदान गरेका छन् ।
बहालवाला कानून मन्त्री थापाले पोखरा २६ मा पर्ने भवानी कालिका मावि र अधिकारीले पोखरा ३१ म्ाा पर्ने आनन्दज्योति माविको केन्द्रबाट मतदान गरेका छन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका वाम गठबन्धनका उम्मेद्वार रबिन्द्र अधिकारीले पोखरा ३३ भरतपोखरीस्थित शान्ति उदय माविबाट मतदान गरेका छन् भने कांग्रस उम्मेद्वार देवराज चालिसेले पोखरा ८ स्थित जनपि्रय माविबाट मतदान गरेका छन् ।
यसैगरी कास्की ३ का प्रतिनिधि सभाका वाम गठबन्धनका साझा उम्मेद्वार जगत विकले पोखरा १९ लामाचौरस्थित अकला प्राविबाट मतदान गरेका छन् भने कांग्रेस उम्मेद्वार शुक्रराज शर्माले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ सल्यानस्थित शितला मावि केन्द्रबाट मतदान गरेका छन् ।
प्रतिक्रिया 4