+

खप्तड गोल्डकपको तयारी तीव्र

२०७४ पुष  १७ गते १५:१२ २०७४ पुष १७ गते १५:१२
खप्तड गोल्डकपको तयारी तीव्र

१७ पुस, कैलाली । पुस २१ देखि माघ १ गतेसम्म आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रितसुदूरपश्चिम खप्तड गोल्डकपको तयारी तीव्र बनाइएको छ ।

गतवर्ष प्रतियोगिताको क्रममा क्षेत्रीय रङ्गशालामा उपलब्ध दुई वटा प्याराफिटमा दर्शक नअटाएपछि एक हजार पाँच सय दर्शक क्षमताको दुईवटा अस्थाई प्याराफिट निर्माणकार्य भइरहेको छ । स्थानीय मल्टी स्किल नेपालले अस्थाई प्याराफिट निर्माण गरिरहेको छ ।

प्रतियोगिता आयोजना हुने धनगढीको क्षेत्रीय रंगशालामा रहेको फुलबल मैदान सम्याउने, पानी हालेर दुबो उमार्ने लगायतका कामहरु भइरहेको सुदूरपश्चिम-११ स्पोर्टस् क्लवका मिडिया संयोजक ओमजंग शाहले जानकारी दिए ।

उनले गत वर्ष दर्शकहरुको अत्याधिक भीडका कारण यहाँ रहेको प्याराफिटको क्षमताले नभ्याएका कारण दुई वटा अस्थाई प्याराफिट निर्माण गरिन लागेको बताए ।

नेपालका ए डिभिजन क्लबहरुले भाग लिने यस प्रतियोगितामा प्रथम हुने टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछ भने उपबिजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी क्लब, एपीएफ, सहारा क्लब पोखरा, अग्नी रुपन्देही-११, सुदूरपश्चिम-११, झापा-११, धरान फुटबल क्लब, डुक स्टार फुटबल क्लब थिम्पु भुटान र च्यासल युथ क्लब ललितपुरको सहभागिता रहनेछ ।

लेखक
दीपक उपाध्याय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय