१२ माघ, पोखरा । नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताएका छन् ।
६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गर्दै शर्माले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताए ।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ ।’
कांग्रेसले कुनै भत्ताको आकार बढाएको छ भने उसले राष्ट्रको ढुकुटी आकार बढाएको हेर्नु पर्ने उनले बताए ।
शर्माले भने, ‘वितरण मात्र नभई वितरण गर्न सक्ने ढुकुटी बढाउन कांग्रेसले काम गरेको छ कि छैन हेनुपर्छ ।’
नेपाली कांग्रेसले २०५६ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्दा पनि विरोध भएको भन्दै शर्माले अहिले राजश्वमा ३० प्रतिशत योगदान पुगेको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4