+
+

प्रदेश ५ को पहिलो बैठक मिति आज तय गर्छौंः प्रमुख झा

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ माघ १३ गते ११:४६


१३ माघ, बुटवल । पदभार ग्रहणको एकहप्ता पुग्दै गर्दा प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले प्रदेशको पहिलो बैठक डाक्ने तयारी गरेका छन् ।

अनलाइनखबरसंगको कुराकानीमा उनले पहिलो बैठकको मिति आजै टुङ्गाउने तयारी भएको जानकारी दिए । ‘आज बेलुका ५ बजेसम्म मिति तोक्छौं, म यसैका लागि छलफल र अन्तिम तयारीमा छु’, उनले भने ।

विज्ञहरुसंग छलफल, कर्मचारी अभाव, भौतिक संरचनाको अभाव, समय अभावका कारण केही ढिलाइ भएको उनले बताए ।

झाले सात माघमा रुपन्देही व्यापार संघमा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहणपछि ज्येष्ठ सदस्य बलदेव शर्मा पाखरेललाई बुटवल उद्योग वाणिज्य संघको प्रदेश सचिवालयमा शपथ खुवाएका थिए । लगत्तै अन्य प्रदेशसांसदहरुलाई बलदेवले शपथ ग्रहण गराए ।

प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार माघ २३ गतेभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्नेछ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा बैठक बुटवल उद्योग बाणिज्य संघको सचिबालयमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?