+
+

आइपुग्यो फेवातालको जलकुम्भी फाल्ने मेसिन

अमृत सुवेदी अमृत सुवेदी
२०७४ माघ १७ गते १६:२६
फेवातालको जलकुम्भी फाल्न मेसिन परीक्षण गरिदै । तस्वीरः युनिस गुरुङ/अनलाइनखबर

१७ माघ, पोखरा । फेवातालको जलकुम्भी झार पोखराकै टाउको दुखाइ बनेको थियो । जलकुम्भीले फेवाताल कुरुप बनाउँदै लगेको थियो । महानगरपालिका, एनजीओ, आइएनजीओ लगायत विभिन्न संघसंस्थाले जलकुम्भीका लागि भनेर बर्सेनी लाखौं रुपैयाँ खर्चिन्थे ।

राजनीतिक दलका नेता तथा जुनसुकै उम्मेदवारको एजेन्डामा फेवातालको जलकुम्भी झार बन्ने गरेको थियो । तर, फेवातालमा जलकुम्भी झार समस्या हट्नुको सट्टा फैलिँदै फेवाताल ढाक्दै गएको थियो ।

जलकुम्भी निकाल्नकै लागि भनेर वर्सेनी २० लाखभन्दा बढी खर्च हुने गरेको थियो । अब भने फेवातलको जलकुम्भी लगायतका झार निकाल्न पोखरामा मेसिन ल्याइएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो । मेसिनको बुधबार बिहान परीक्षण गरिएको छ ।

‘सांसद रवीन्द्र अधिकारी र महानगरपालिकाको समन्वयमा जलकुम्भी झार निकाल्ने मसिन ल्याइएको हो,’ फेवाताल संरक्षण आयोजना प्रमुख इन्जिनियर महेन्द्रबहादुर गोदारले भने, ‘अब फेवातालको जलकुम्भी समस्या हट्ने भएको छ ।’

जलकुम्भी झार निकाल्ने क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन झिकायएको गोदारले बताए । बुधबार मेसिन परीक्षण गरिए पनि २५/२६ गतेतिर बिशेष कायृक्रम गरेर औपचारिक कार्यक्रम गरेर सुरुअात गर्ने गोदारले जानकारी दिए ।

फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ । ‘हामीले जलकुम्भी जम्मा गर्ने ठाउँको खोजी गरिरहेका छौं,’ इन्जिनियर गोदारले भने, ‘यसबाट हामीले कम्पोस्ट मल बनाउने योजना बनाएका छौं भने लैजान चाहनेलाई स्वतर्फूत लैजानसमेत दिइने छ ।’

२०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने नगरपालिकाले निर्णय भएको थियो ।

 

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?