+

उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

२०७४ माघ  २२ गते १९:५८ २०७४ माघ २२ गते १९:५८
उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

२२ माघ, काठमाडौं । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यू डायमण्ड र र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार भएको खेलको पहिलो सेमिफाईनल खेलमा शिवम् न्यू डायमण्डले पोखराको टप्सउपाबीलाई ३-१ को सेटमा हरायो । दोश्रो सेमिफाईनल खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनायो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली शिवम् न्यू डायमण्ड एकेडेमीले टप्सउपाबीलाई २५-९, २२-२५, २५-१८ र २५-१५ को सेटमा हरायो । शिवम् न्यू डायमण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी दोश्रो रोजाईकी ओपन स्पाईकर पनमिका राई वुमन अफ दी म्याच चुनिईन् ।

शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको दोश्रो सेमिफाईनल खेलमा वुमन अफ दी म्याच चुनिएकी क्विक स्पाईकर हिरा केसीको महत्वपूर्ण योगदानमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५-१५, २५-१७ र २५-६ कोसेटमा हरायो ।

प्रतियोगितामा वुमन अफ दी म्याच चुनिएका खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पिनी साहास स्पोर्टस्का प्रमुख जनक न्यौपानेले प्रायोजन गरेका छन् । साहास स्पोर्टस्ले प्रतियोगिताका वुमन अफ दी म्याचका सम्पूर्ण खेलाडीहरुलाई आफ्नो ब्रान्टको ट्रायक-सुट उपलब्ध गराएको छ ।

मंगलबार प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपीएफबीच हुनेछ । त्यस्तै टप्स स्कुल र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तीन दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनिए पनि नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समिति दाङको टोलीले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको हो ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।

भ्यालीपब्लिक र बालबिकास उपाधि नजिक

आयोजक भ्यालीपब्लिक र बालबिकास ए अन्तरविद्यालय फुटबल फाएभ ए साईट प्रतियोगितामा सोमबार उपाधि नजिक पुगेका छन् । पहिलो सेमिफाईनल खेलमा सक्षम राईको २ गोलको मद्दतले भ्यालीले हिमालयनलाई २-१ गोल अन्तरले हरायो । हिमालयनका क्षितिज लामाले एक गोल फर्काए ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा बालबिकास ए ले बालबिकास बी लाई ३-१ गोलअन्तरले हराउँदै भ्यालि पब्लिकसँगको उपाधि भेट पक्का गर्‍यो ।

बालबिकास एको जितमा पवन तामाङले २ तथा सुरज तामाङले १ गोल गरे । बालबिकास बी का रुपेश रुम्बाले सान्त्वना गोल फर्काए । फाइनल खेल बुधबार हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय