१३ फागुन, काभ्रे । टि्रपरको ठक्करबाट बनेपा नगरपालिका-४ नालामा एक किशोरको मृत्यु भएको छ ।
बा ४ ख ६६०३ नम्बरको टि्रपरको ठक्करबाट बनेपातर्फ आउँदै गरेका बा १५ प ८३६३ नम्बरको मोटरसाइकल चालक बनेपा – १ का १४ वर्षीय अमिर पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । उनलाई बनेपाको शीर मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।
पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4