+
+

भन्सार रकम घोटालामा ठूला उद्योगी पनि अनुसन्धानमा तानिए

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ फागुन १४ गते १२:४५


१४ फागनु, विराटनगर । विराटनगर भन्सार कार्यालयबाट वस्तु आयात-निर्यातमा राष्ट्रिय वाणिज्य बैंकमार्फत भएको रकम घोटाला प्रकरणमा ठूला उद्योगी, व्यापारीका र्फमसमेत अनुसन्धानमा तानिएका छन् ।

प्रहरीले भन्सार एजेन्ट ललित बोहरा र सुरेश बोहरामार्फत वस्तु आयात गर्दै आएका ४१ वटा आयातकर्ता फर्ममाथि अनुसन्धान थालेको हो ।

प्रहरीले वित्तीय अपराधमा संलग्न भएको आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७४/०७५ भन्दा अगाडिको स्टेटमेन्ट मागेको छ ।

माघ १९ गते वस्तु आयातका क्रममा भन्सार बुझाउन एजेण्टले बुझाएको एकाउण्ट पेयी चेकको खातामा रकम नभएपछि घोटाला काण्ड सार्वजानिक भएको थियो । त्यो मुद्दासँगै विराटनगरका धेरै उद्योगीहरु समेत अनुसन्धानको घेरामा परेका हुन् ।

भन्सारको राजश्व खातामा जम्मा भएको देखिएको ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ बैंकमा नभेटिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक विराटनगरका निमित्त प्रबन्धक राजेश डंगोलले बैंकको रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहमा कार्यरत वरिष्ठ सहायक अधिकृत तोरणबहादुर राउतलाई बैंक तथा वित्तीय संस्था ठगी गरेको आरोपमा कारवाही माग गर्दै किटानी दर्ता गरेका छन् ।

डंगोलले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा बैंक घोटला प्रकरण दश करोड भन्दा बढीको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बैंकका काउन्टर प्रमुख राउतले एजेन्टसँगको मिलेमतोमा एकाउन्ट पेयी चेक लिएको र त्यो बाउन्स भएका कारण बैंक घोटालामा मिलेमतो भएको हुन शक्ने प्रहरीको आशंका छ ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले बैंक घोटाला प्रकरणमा आयातकर्ता उद्योगी तथा व्यापारीसमेत संलग्न भएको हुन सक्ने आशंकामा आर्थिक विवरण मागी अनुसन्धान थालिएको जानकारी दिए ।

‘४१ वटा फमलाई पहिलो चरणमा पत्र काटेका छौं, आवश्यक परेमा अरुलाई पनि पत्र काटिने छ, उद्योगीको र्फमबाट वस्तु आयातको भन्सार शुल्क बुझाउन रकम दिएको हो या होइन भन्ने बारेमा अनुसन्धानमा जुटेका छौं’ उनले भने ।

प्रहरीले भन्सार छलीमा भन्सार एजेण्टको मात्र भूमिका नभएको निश्कर्ष निकालेपछि उद्योगी व्यवसायीमाथि पनि अनुसन्धान थालेको हो ।

विराटनगर भन्सार कार्यालयस्थित वाणिज्य बैंक सुख्खा बन्दरगाहका वरिष्ठ सहायक अधिकृत राउत प्रहरी नियन्त्रणमा छन् ।

भन्सार राजश्व बुझाउन बैंकमा एकाउन्ट पेयी चेक दिएका भन्सार एजेन्ट बोहराद्वय भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?