भोलीबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘शत्रु गते’को बुकिङ आक्रामक देखिएको छ । चलचित्र रिलिज अगाडि नै देशभरका मल्टिप्लेक्समा खोलिएको बुकिङमा दर्शकको उत्साह देखिएको छ । केहि महिनादेखि दर्शक हलमा नपुग्दा चलचित्र क्षेत्र नै निराश देखिएको छ । यो निराशाको बादललाई हटाउने काम ‘सत्रु गते’ले गर्ने अपेक्षा गरिएको छ ।
यो चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा ३१ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।
यी सबै शोमा दर्शकको चाप उच्च रहेन अड्कल काटिएको छ । प्रदिप भट्टराई निर्देशित यो चलचित्रलाई मह संचारले प्रस्तुत गरेको हो भने किरण केसी यसका निर्माता हुन् । यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रका मुख्य कलाकार तथा निर्माता हरिवंश आचार्यले दर्शकको उत्साहले खुशी बनाएको भन्दै राम्रो काम गर्ने कोशिश गरेको बताए । चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत चर्चामा छ ।
सत्रु गते’का मुख्य कलाकार दीपकराज गिरी र प्रियंका कार्कीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाा हेर्नुहोस्ः
प्रतिक्रिया 4