+

स्टिभ स्मिथमाथि लाग्यो एक खेलको प्रतिबन्ध

२०७४ चैत  ११ गते १८:५० २०७४ चैत ११ गते १८:५०
स्टिभ स्मिथमाथि लाग्यो एक खेलको प्रतिबन्ध

११ चैत, काठमाडौं । बल टेम्परिङ विवादमा फसेको क्रिकेट अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथमाथि एक खेलको प्रतिबन्ध लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले उनीमाथि शतप्रतिशत म्याच फि ज।रिवाना तोकिएको छ । बल टेम्परिङ विवादका कारण उनले दक्षिण अफि्रकाविरुद्धको तेस्रो टेष्टभरका लागि कप्तानबाट समेत राजीनामा दिएका छन् ।

केपटाउन टेष्टको तेस्रो दिन क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरेका थिए । यसबारे आफूसहित लिडरसिप टिमलाई पूर्व जानकारी रहेको स्मिथले बताएका छन् ।

खेल भावना विपरीत गतिविधि गरेको भन्दै आईसीसीले स्मिथलाई एक खेलको प्रतिबन्ध लगाएको छ ।

ओपनर बेनक्राफ्टमाथि ७५ प्रतिशत म्याच फि जरिवाना तोकिएको छ भने ३ डिमेरिट प्वाइन्ट दिइएको छ ।

स्टिभ स्मिथ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय