+

थ्रीस्टारले जित्यो बिराट गोल्डकपको उपाधि

२०७४ चैत  २६ गते २१:०६ २०७४ चैत २६ गते २१:०६
थ्रीस्टारले जित्यो बिराट गोल्डकपको उपाधि

२६ चैत, काठमाडौं । बिमल घर्ती मगरको दुई गोलको मदतमा आर्मीलाई हराउँदै थ्रीस्टार क्लबले बिराट गोल्डकपको उपाधि जितेको छ ।

सोमबार भएको उपाधि भिडन्तमा आर्मीलाई ३-० ले हराउँदै थ्रीस्टारले १२ लाख ७१ हजार हात पारेको हो । आर्मीले भने ५ लाख ५१ हजारमा चित्त बुझाएको छ ।

सहिद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्रीस्टार हावी भयो । ५६ औं मिनेटमा अनन्त तामाङले गोल गरे ।

खेलको ७६ मिनेटमा पाएको पेनाल्टीमा बिमल घर्ती मगरले सहजै गोल गरे । खेलको निर्धारित मिनेट सकिनु अघि बिमलले दोस्रो गोल गर्दै थ्रीस्टारको उपाधि पक्का गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय