+
+

भाजपाका यदुरप्पा बन्ने भए कर्नाटकको मुख्यमन्त्री,१५ दिनभित्र बहुमत देखाउनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २ गते २३:१२
बीएस यदुरप्पा

२ जेठ, काठमाडौं । कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा)को सरकार बन्ने भएको छ । कर्नाटक प्रदेश प्रमुख बजुभाइ वालाले भाजपालाई सरकार गठनको निम्तो दिएका हुन् ।

भाजपाका बीएस यदुरप्पाले बिहीबार बिहान ९ बजे कर्नाटकको मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गर्ने भएका छन् ।

हालै भएको विधानसभा निर्वाचनमा १०४ सिट जित्दै भाजपा सबैभन्दा ठूलो दल बनेको थियो तर ८ सिट कम हुँदा उसको बहुमत पुग्न सकेन । त्यसैले १५ दिनभित्र बहुमत देखाउन भाजपालाई प्रदेश प्रमुखले भनेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

२२४ सिटमध्ये २२२ सिटमा शनिबार निर्वाचन भएको थियो । सो निर्वाचनमा अमित शाह नेतृत्वको भाजपाले १०४, राहुल गान्धी नेतृत्वको कांग्रेसले ७८, एचडी देवेगाैडा नेतृत्वको जनता दल सेक्यूलर (जेडीएस)ले ३८ सिट जितेका थिए ।

भाजपाको बहुमत नपुग्ने भएकाले अब जेडिएसका सांसदलाई आफूतिर तान्ने दाउमा भाजपाका नेताहरु लागेका छन् । त्यसैको प्रयास स्वरुप बुधबार साँझ भाजपा र जेडिएसका नेताहरुबीच वार्तासमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?