२० असार भैरहवा । पूर्वयुवराज पारस शाह बुधबार भैरहवा आएका छन् । जेठ २२ गते गोरखाको मनकामनाबाट राष्ट्र अभियानमा रहेका उनको टोली लमजुङ, पाल्पा हुँदै भैरहवा आएको हो ।
भैरहवामा पत्रकारसँग कुराकानी गर्दै पूर्वयुवराज शाहले सबै नेपालीले देशप्रतिको आफ्नो धर्म निभाउन सके देश आफै बन्ने बताए ।
देशमा संकट आएका बेला आफूलाई चिन्ता लाग्ने बताउँदै उनले राजा हुनु वा नहुनु भन्दा पनि मुलुक रहनुपर्ने र राष्ट्रियताको रक्षा हुनुपर्ने विषय महत्वपूर्ण भएको धारणा राखे ।
उनले राजसस्ंथाको अन्त्य भएपछि मुलुकमा गाई र राष्ट्रको रक्षा हुन नसकेको बताउदै उनले गाई गोरुको रक्षा र समग्र देशको संरक्षणका लागि सबै एकजुट हुन आग्रह गरे ।
छिमेकी मुलुकको हस्तक्षेप, नेपाली युवाको विदेश पलाएन, त्यहाँ भोग्नु परेको पीडा र मुलुक दिनानु दिन संकटमा परेको भन्दै पारसले मुलुकको दीर्घकालिन निकासका लागि अभियानमा लागेको बताए ।
प्रतिक्रिया 4