+
+

बसको ठक्करबाट बर्दिवासमा अटोरिक्सा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते १५:५४

४ भदौ, बर्दिवास । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका-५ मा तीर्थ यात्री बोकेर मन्दिरबाट फर्किदै गरेको अटो रिक्सालाई बसले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख २५३७ नम्बरको बसको ठक्करबाट ज१ह ११२६ नम्बरको अटोरिक्साका चालक बर्दिवास नगरपालिका-५ का ५० वर्षीय होमबहादुर लोप्चनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

दुर्घटनामा परी अटोरिक्सामा सवार अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अधिकाशं महिला र बालबालिका रहेका छन् ।

उनीहरुको बर्दिवासको स्थानीय हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर महादेव मन्दिरबाट यात्रु लिएर फर्किदै गरेको अटोरिक्सालाई तीव्र गतिमा रहेको यात्रुबहाक बसले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?