+

महिला साफ च्याम्पियनसिप: मैदान तयारीका लागि महानगर र एन्फा बीच सम्झौता

२०७५ पुष  १५ गते १८:५४ २०७५ पुष १५ गते १८:५४
महिला साफ च्याम्पियनसिप: मैदान तयारीका लागि महानगर र एन्फा बीच सम्झौता

१५ पुस, विराटनगर । पाँचौ महिला साफ च्याम्पियनपसिप फुटबल प्रतियोगिता सञ्चालन गर्न विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फा बीच सम्झौता भएको छ ।

फागुन २८ गतेदेखि चैत ८ गते सम्म सञ्चालन हुने पाचौं महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता सञ्चालनका लागि रंगसाला मर्मतसहित आवश्यक संरचना तयार गर्न महानगर र एन्फा बीच सम्झौता भएको हो । आइतबार भएको सम्झौता पत्रमा महानगर प्रमुख भीम पराजुली र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रतियोगिता सञ्चालनकालागि महानगरपालिकाले निर्माणधीन खेलाडी चेञ्जिङ रुम रंगरोगन गर्नेछ । महानगरपालिकाले रंगशाला सम्म पुग्ने सडक, पार्किङको व्यवस्थापनसँगसँगै मैदानको मर्मत सम्हारका लागि सहयोग गर्नेछ ।

सम्झौतामा महानगरपालिकाले रंगसालाको रंगरोगन, स्टेजमा रहेका कोठालाई बिशिष्ट कक्ष निर्माणकालागि आवश्यक सामाग्री उपलब्ध गराउने छ ।

महानगरपालिकाले चेञ्जिङ रुम, रेफ्री रुम, म्याच कमिस्नर रुम, खेलाडी रिफ्रेस रुम, मेडिकल रुमलगायतका पूर्वाधारमा आवश्यक विद्युत, पानी र फर्मिचरको व्यवस्थापन गर्ने छ । प्रतियोगिताका लागि आवश्यक संरचना महानगरले फागुन १२ गते नै सम्पन्न गर्नुपर्ने छ ।

एन्फाले साफमा सहभागी राष्ट्रका प्रतिनिधि, खेलाडीलाई आमन्त्रण तथा ब्यवस्थापन गर्नेछ। प्रतियोगिता भरका लागि गृहमन्त्रालयसंग समन्वय गर्दै शान्ति सुरुक्षाको ब्यवस्थापन पनि एन्फाले नै गर्ने छ ।

सम्झौता पछि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले अन्तर्राष्ट्रियस्तरबाट ३ सय बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिती रहने प्रतियोगिताले विराटनगरको गरिमा बढाउने बताए ।

प्रदेश एकको अस्थायी राजधानी विराटनगरमा हुने प्रतियोगिताले भारत, भुटान, बंगलादेशबाट पयर्टकलाई आकर्षण गर्न सकिने अध्यक्ष शेर्पाको भनाइ छ । महानगरपालिका मेयर भीम पराजुलीले प्रतियोगिता आयोजना गर्न पाउनु महानगरका लागि गौरभको बिषय भएको बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय