+

बलेफी गाउँपालिकामा जिल्ला स्तरीय फुटबल सुरु

२०७५ पुष  २२ गते १८:३७ २०७५ पुष २२ गते १८:३७
बलेफी गाउँपालिकामा जिल्ला स्तरीय फुटबल सुरु

२२ पुस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँँपालिकाको आयोजनामा प्रथम जिल्ला स्तरीय खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।

बसन्तपुर खेल मैदानमा आइतबारदेखि सुरु प्रतियोगितामा जिल्लाका १० स्थानीय तहको सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रदेश सांसद सरेश नेपालले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा बलेफी गाउँपालिकाले त्रिपुरासुन्दरी गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । उद्घाटन खेलका म्यान अफ द म्याच बलेफी गाउँपालिकाकै अजय तामाङ घोषित भए ।

प्रतियोगितामा बलेफी, सुनकोशी, लिसंखुपाखर, भोटेकोशी, इन्द्रावती, हेलम्बु, त्रिपुरासुन्दरी गाउँपालिका र मेलम्ची, चौतारा र बाह्रविसे नगरपालिकाका सहभागी भएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख र दोस्रो हुने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । जनप्रतिनिधि आएपछि जिल्लामा स्थानीय तहले आयोजना गरेको यो पहिलो खेलकुद प्रतियोगिता हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय