६ माघ, काठमाडौं । पाकिस्तानले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ । यससँगै पाँच म्याचको सिरिजमा १–० को अग्रता लिएको छ ।
पोर्ट एलिजाबेदमा घरेलु टोलीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पाकिस्तानले अन्तिम ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि इमााम उल हकले ८६ रनको योगदान दिए भने मोहम्मह अफिज ७१ रनमा नटआउट रहे । बाबर आजम मात्र एक रनले अर्धशतक बनाउन चुके ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले हासिम अमलाको शतकको मदतमा निर्धारित ५० ओभरमा मात्र २ विकेट गुमाएर २६६ रन बनाएको थियो । अमलाले १०८ रन बनाए ।
प्रतिक्रिया 4