५ असोज, काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि शनिबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ ।
दशरथ रंगशालाको कभर्डहलमा शनिबार आयोजित ट्यालेन्ट हन्टबाट रितिका भट्ट विजेता बनेको काठमाडौं स्पाइकर्सले जनाएको छ । ६.१ फिट उचाइ भएकी उनी अब काठमाडौ स्पाइकर्स टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्नेछिन् ।
एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।
आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्नेछ ।
काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले ट्यालेन्ट हन्ट इभेन्टले नेपाली भलिबलमा महिला खेलाडीहरूको सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । सहभागीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनले आगामी दिनमा पनि यस्ता अवसरहरू प्रदान गर्ने धारणा राखिन् ।
प्रतिक्रिया 4