+

राष्ट्रिय टिममा अभिनाशको डेब्यु

२०७५ माघ  १७ गते १४:५१ २०७५ माघ १७ गते १४:५१
राष्ट्रिय टिममा अभिनाशको डेब्यु

१७ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत युएई विरुद्धको पहिलो खेलमा नेपाली राष्ट्रिय टिममा अभिनाष बोहोराले डेब्यु गरेका छन् ।

अभिनाष पहिलो पटक टिममा परेका हुन् । तीव्र गतिका बलर अभिनाषसँगै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भने रोहित कुमार पौडेल र सन्दीप जोराले पनि डेब्यु गरेका छन् ।

सन्दीप जोराले भने युएई विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट डेब्यु गरेका थिए । अभिनाष र सन्दीप दुबै यु-१९ का खेलाडी हुन् भने घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा उनीहरु टिममा परेका हुन् ।

प्लेयिङ इलाभेन

कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सन्दीप जोरा, अभिनाष बोहोरा, करण केसी र प्रदीप ऐरी

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय