२१ माघ, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय टी–२० वरियताको १४ औं नम्बरमा पुगेको छ । नेपालको टी–२० का सात खेलमा ३ सय ३ अंकसहित ४३ रेटिङ पाएको छ ।
युएई सिरिजपछि एकदिवसीय वरियताको १५ औं नम्बरमा रहेको नेपालले टी–२० वरियतामा आयरल्याण्ड, ओमन, हङकङ, युएईलाई पछि पार्दै १४ औं स्थान बनाएको हो ।
टी–२० वरियतामा ३८ खेल खेलेको पाकिस्तान ५ हजार १ सय १० अंक र १ सय २६ रेटिङसहित शीर्षमा छ ।
वरियतामा खेलाडीको सुधार
खेलाडीहरुको टी–२० ब्याटिङ वरियतामा नेपालका कप्तान पारस खड्का ९६ औं स्थानमा रहेका छन् । यसअघि गएको महिना उनी ९७ औँ स्थानमा रहेका थिए ।
बलिङ वरियतामा बसन्त रेग्मी ७४ औं स्थानमा छन् । उनी गएको महिना पनि ७४ औं स्थानमा नै थिए । यस्तै सोमपाल कामी बलिङ वरियताको ९३ औँ स्थानमा छन् ।
यस्तै टी–२० अलराउण्डर वरियतामा पारस खड्का ४२ औं स्थानमा छन् भने सोमपाल कामी ६४ औं स्थानमा छन् ।
प्रतिक्रिया 4