+

सन्दीपको टिम मेलबर्न स्टार्सको खेल आज, सन्दीपले खेल्न पाउलान् ?

२०७५ माघ  २५ गते ६:२८ २०७५ माघ २५ गते ६:२८
सन्दीपको टिम मेलबर्न स्टार्सको खेल आज, सन्दीपले खेल्न पाउलान् ?

२५ माघ, काठमाडौं । बिग ब्यास लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले खेल आज ब्रिसबेन हिटसँग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिसबेनको घरेलु मैदानमा हुने खेलमा मेलबर्नले जित हात पारेमा एक खेल अगाडि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर पराजित भएमा अन्तिम खेलले मेलबर्नको सेमिफाइनल यात्रा टुंग्याउनेछ ।

खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर २५ मिनेटमा सुरु हुनेछ । आजको खेलमा जसरी भएपनि जित हात पार्दै मेलबर्न सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।

मेलबर्नले दुई खेल खेल्न बाँकी छ । मेलबर्न लिगको चौथो स्थानमा छ । लिगको छैटौ स्थानमा रहेको ब्रिसबेन हिटलाई भने आजको खेलमा जित हात पारेर मात्रै हुदैन । लगातार मेलबर्न पराजित भएमा मात्रै उसको सेमिफाइनल पुग्ने सम्भावना हुन्छ । त्यसकारण पनि आजको खेलमा मेलबर्नलाई पराजित गर्ने लक्ष्यमा ब्रिसबेन हिट रहेको छ ।

ब्रिसबेन हिटविरुद्धको खेलमा नेपालका युवा खेलाडी सन्दीप लामिछानेले पनि खेल्न पाउने बलियो सम्भावना रहेको छ ।

बंगलादेश प्रिमियर लिग र नेपाल र यूएईबीचको सिरिज खेलेर बिग व्यासका लागि अस्ट्रेलिया फर्किएका सन्दीपले आफ्नो टिमका लागि चार खेलबाट आठ विकेट लिइसकेका छन् । त्यसकारण पनि उनले खेल्न पाउने सम्भावना प्रवल रहेको छ ।

यो पनि पढ्नुहोस्

मेलबर्नलाई सेमिफाइनल पुग्न सन्दीपको आश

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय