
२५ माघ, महोत्तरी । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सुन्दर नेपाल निर्माण गर्न सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेको नेता नेपालले नेपाल सम्भावना नै सम्भावना भएको देश भएको भन्दै देशलाई गरीबीबाट मुक्त गराएर सुन्दर नेपाल बनाउन सबै लाग्नुपर्ने बताएका हुन् । सुन्दर नेपाल बनाउन सहकारी माध्यमले ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।
महोत्तरीको बर्दिवास नगरपालिका-३ स्थित आधारशिलाको १६ औं वाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपाललेे सहकारीको माध्यमबाट देशमा आमूल परिवर्तन ल्याउन सकिने बताए ।
कार्यक्रममा बोल्दै आधारशिलाका संरक्षक एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले समुदायलाई जोडेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै सामुहिकतालाई प्रयोग गरेर अगाडि बढ्न सके एउटा सामाजिक क्रान्ति सफल हुने बताए ।
कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4