+

पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल

२०७५ फागुन  ६ गते ७:३२ २०७५ फागुन ६ गते ७:३२
पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल

६ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीले सेन्ट इटिनलाई १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरे । उनकै एक गोलको मद्दतमा पीएसजीले सेन्ट इटिनमाथि कठिन जित हात पारेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा गोल गर्न सफल भयो । पीएसजीका लागि खेलको ७३औं मिनेटमा एमबाप्पेले गोल गरे । बाँकी समयमा गोल हुन नसकेपछि खेल पीएसजीले १–० ले जित हात पारेको हो ।

जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय