+

न्युजिल्यान्ड पहिलो पटक टेष्ट क्रिकेटको दोस्रो स्थान

२०७५ फागुन  १३ गते १९:०२ २०७५ फागुन १३ गते १९:०२
न्युजिल्यान्ड पहिलो पटक टेष्ट क्रिकेटको दोस्रो स्थान

१३ फागुन, काठमाडौं । न्युजिल्यान्ड पहिलो पटक टेष्ट क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको बरियतामा न्युजिल्यान्ड दोस्रो स्थानमा उक्लिएको हो । न्युजिल्यान्डले पछिल्लो ३० खेलमा ३२१३ अंक प्राप्त गरेको छ भने १०७ रेटिङ पाएको छ ।

टेष्ट क्रिकेटको शीर्ष स्थानमा भने भारत रहेको छ । त्यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिका रहँदा चौथो स्थानमा अष्ट्रेलिया र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेको छ ।

छैटौ स्थानमा श्रीलंका, सातौमा पाकिस्तान, आठौं स्थानमा वेष्ट इन्डिज, नवौं स्थानमा बंगलादेश र १०औं स्थानमा जिम्बाब्वे रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय