+
+

रोबर्टले रिबन काटेर सुर्खेतमा क्यान मेला उद्घाटन

कर्णाली डिजिटल बन्नेमा आशा पलायो : मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते १६:५५

२४ फागुन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने कार्य अघि बढाएको छ । त्यसमा क्यानको साथ र सहयोग जरुरी छ ।’

विज्ञान र प्रविधिको विकास बिना अन्य विकासहरु अधुरा रहने भएकाले निर्माण भइसकेका वैज्ञानिक सामग्रीहरुको प्रयोग गर्दै अब कर्णाली प्रदेशमै नयाँ अनुसन्धान गरेर नयाँ आविष्कार गर्नु पर्ने मुख्यमन्त्री शाहीले बताए । प्रविधिको प्रयोग गरेर कामलाई सजिलो र छिटो बनाउनेतर्फ लाग्नु पर्ने उनले बताए ।

मुख्यमन्त्री शाहीले सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म चुनौतीहरु कायम रहने भन्दै क्यानले आयोजना गरेको प्रदर्शनीले कर्णालीको प्रविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यही फागुन २८ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकको मुख्यमन्त्री शाहीले औपचारिक उद्घाटन गरेपछि स्टल स्थलको उद्घाटन भने नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो ।

कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ ।

कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजनालाई क्यान मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

मेलामा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?