३० चैत, काठमाडौं । यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यका साथ मलेसिया पुगेको नेपालले झड्का व्यहोरेको छ । पानीले बिथोलेको खेलमा नेपाल यूएईसँग डीएल मेथडका आधारमा मात्र एक रनले हारेको छ ।
नेपालले हरि चौहान र भीम सार्कीको अर्धशतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको यूएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानीले खेल रोकियो ।
लगातार पानी परेपछि डीएल मेथडबाट यूएई मात्र एक रनले विजयी भएको घोषणा भयो ।
नेपालको सुरुवात राम्रो थिएन । २२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ११५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । रित गौतमले ४४ रन जोडे ।
तर, डीएलमा जाँदा राम्रो सुरुवात गर्न नसक्दाको मूल्य चुकाउन पुग्यो ।
६ देशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष टोली यू-१९ विश्पकपमा पुग्नेछ । सबै देशले २-२ खेल खेल्दा कुवेत र ओमानको समान ४-४ अंक छ भने नेपालको र ओमानको २-२ अंक छ । मलेसिया र सिंगापुर भने अंकबिहीन छन् ।
प्रतिक्रिया 4