+

प्रधानमन्त्री कप क्रिकेट दोस्रो पटक सर्‍यो

२०७६ जेठ  ४ गते २०:५९ २०७६ जेठ ४ गते २०:५९
प्रधानमन्त्री कप क्रिकेट दोस्रो पटक सर्‍यो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद -राखेप) ले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको मिति दोस्रो पटक सारेको छ ।

राखेपले पत्रकार सम्मेलन गरी जेठ १० देखि २५ गतेसम्मको खेल तालिका सार्वजनिक गरेको छ । यसअघि ८ गते हुने भनिएको थियो ।

२० लाख पुरस्कार राशीको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमको सहभागीता रहनेछ । खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानीमा हुनेछ । राखेपले टिम जर्सी सार्वजनिक गरेको छ ।

यसअघि प्रधानमन्त्री कपको दुई संस्करण नखेलेका राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यो पटक भने खेल्ने भएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय