+
+

हुरीले पूर्वी नवलपरासीका ४० घरमा क्षति, चट्याङ पर्दा ४५ बाख्रा मरे

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते ८:१७

२७ जेठ, नवलपरासी ।  पूर्वीनवलपरासीको विकट पहाडी गाउँपालिका बुलिगंटार–४, अर्खलाको चुलीबोझामा आइतबार साँझ आएको हावाहुरीले क्षति पुर्‍याएको छ ।

हुरीले चुलीबोझामा १० घर, ठूलो अर्खलामा पाँच घर र अन्य स्थानमा २५ घर गरी कुल ४० घरमा क्षति पुगेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले जानकारी दिए । हुरीले किसानको मकैलगायतका बालीमा पनि नाेक्सान पुगेकाे छ ।

हुरीपछि आएको वर्षाले दलदले बुलिगंटार मोटरबाटोसमेत अवरुद्ध हुन पुगेको छ । सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष गोदामी मगरले जानकारी दिए ।

यसैबीच, आइतबार साँझ नै परेको चट्याङले चुलीबोझामा ४५ बाख्रा परेका छन् । वडाध्यक्ष मगरका अनुसार मानवीय क्षति भने भएको छैन ।

होमराज रानाभाटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?