+
+

नेपालमा कुनै समस्या छैन, विदेशी लगानी गर्न ल्याउनुहोसः चन्द्र ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते २१:३१

३० जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल रोजगारदाता परिषदका सभापति चन्द्र ढकालले स्वीजरल्याण्डको जेनेभा पुगेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

नेपालमा अहिले दुईतिहाइ बहुमतको सरकार रहेको र सरकारले पर्याप्त नीतिगत सुधार गरेको जानकारी दिँदै ढकालले पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरुलाई आग्रह गरे ।

‘दुईतिहाइ बहुमतप्राप्त स्थिर सरकार गठन भएपछि नेपालमा धेरै नीतिगत सुधार भएका छन्, लगानीको वातावरण बनेको छ, त्यसैले निर्धक्क भएर नेपालमा लगानी गर्न आउनुहोस्,’ ढकालले भने ।

नेपाल, इण्डिया र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठुलो सम्भावना भएका क्षेत्र भएको विदेशी लगानीकर्तालाई जानकारीसमेत गराए ।

प्रधानमन्त्रीले उद्घोष गरेको समृद्ध नेपाल सुखी नेपालीको अभियान स्मरण गर्दै सभापति ढकालले भने, ‘दिगो व्यवसायको माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पु¥याउन सकियो भने लक्ष्य प्राप्त गर्न सकिन्छ ।’

यही जून १० देखी स्वीजरल्याडको जेनेभामा संचालन भइरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट ढकालले आज सम्बोधन गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको १०० वर्ष पुगेको अवसरमा श्रम सम्मेलनलाई संवोधन गर्ने अवसर प्राप्त भएकोमा ढकालले खुसी व्यक्त गरे ।

प्रविधिको विकास, जलवायू परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रुपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिशनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धी प्रतिवेदनले जोड दिएको प्रसङ्ग उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबै पक्ष एकजूट भएर काम गर्नु पर्ने उनको भनाई थियो ।

श्रम सम्मेलनको यो अधिवेशनवाट कामको भविष्य विषयमा पारित हुने शत वार्षिकी घोषणा कामको भविष्य सम्बन्धि चुनौतीको सामना गर्न कोषेढुङ्गा सावित हुने उनले बताए ।

नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दिगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी वढीभन्दा वढी सम्मानजनक रोजगारी सिर्जना गर्न लागि परेको ढकलले जानकारी गराए ।

‘सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न हाम्रो देश सफल भएको छ,’ उनले भने ।

कामको भविष्य, व्यवसायको भविष्यसँग गाँसिएको उल्लेख गर्दै यस वस्तु तथ्यलाई ध्यानमा राखी गरिने व्यवसायिक नीति नियममा सुधार गरिनुपर्नेमा ढकालको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?