+
+

एलिना, सुजता, बेनिशा र बसन्तको ‘सम्बन्ध’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १५:२५

संगीतकार वसन्त सापकोटाको नयाँ गीत ‘सम्बन्ध’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा वसन्तसँगै एलिना चौहान, सुजता वर्मा र बेनिशा पौडेलकको स्वर छ । गीतको शब्द स्वप्लिन बरालले लेखेका हुन् ।

एक(अर्काको सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियोमा पनि सोही कुरालाई देखाउन खोजिएको छ । भिडियोमा पनि गायिकात्रय एलिना, सुजता र बेनिशा फिचर छन् । जहाँ उनीहरुको मित्रता र साथित्वलाई देखाइएको छ । भिडियोमा वसन्त पनि देखिएका छन् ।

शान थापाको निर्देशनमा भिडियो तयार भएको छ । अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?