+
+

आयुर्वेद अनुसार तपाईंको स्वास्थ्य कति ठिक छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १६:४०

आयुर्वेद अनुसार शरीरमा तीन किसिमको दोष पाइन्छ । जस्तो कि, वात, पित्त र कफ दोष । यही तीन दोषका अनुसार तपाईंको शरीरको बनावट, दोष, मानसिक अवस्था र स्वभाव पत्ता लगाउन सकिन्छ । आयुर्वेदमा राम्रो स्वास्थ्यको दश संकेत बताइएको छ ।

उचित पाचन यन्त्र

आयुर्वेद अनुसार यदि तपाईंले खाना खाएपछि बोझिलो एवं भारी महसुष गर्नु राम्रो संकेत होइन । बरु, खाना खाइसकेपछि हल्का र तन्दुरुस्त महसुष गर्नुपर्छ भने तपाईंको रहनसहन र आहार एकदम सही छ भन्ने बुझिन्छ ।

अक्सर मानिसहरु खाना खाइसकेपछि पेटमा ग्यास हुने, छातीमा जलन हुने, सुस्त एवं आलस्य महसुष हुने गर्छन् । यसको मूख्य दुई कारण हुनसक्छ, या त तपाईं कुनै रोगको शिकार हुनुहुन्छ वा तपाईं सही ढंगले सही मात्रामा खाना खाइरहनुभएको छैन ।

पाँच इन्दि्रयले सही काम गर्नु

मानव शरीर अद्भूत छ । हाम्रा पाँच इन्दि्रय छन् । यही इन्दि्रयले हामी अनेक कुरा महसुष गर्न सक्छौं । यदि तपाईं आफु आसपासको क्षेत्रबारे के भइरहेको छ भन्ने कुरा महसुष गर्न सक्नुहुन्छ भने तपाईंको इन्दि्रय ठिकठाक छ । आफु अगाडिको कुरा स्पष्ट देखिरहनुभएको छ, आफ्नो आसपासको आवाज स्पष्टसँग सुनिरहनुभएको छ, आफु आसपासको मौसम सही ढंगले अनुभूत गरिरहनुभएको छ, आफु आसपासको गन्ध, सुगन्ध राम्ररी महसुष गरिरहुनभएको भने तपाईंको इन्दि्रय ठिक छन् ।

शान्त स्वभाव एवं मन

तपाईंको स्वभाव जति शान्त र शितल छ, उत्तिनै तपाईं ठिकठाक हुनुहुन्छ । सामान्यत शारीरक वा मानसिक रुपले समस्याग्रस्त मान्छे क्रोधित हुन्छन् । विचलित हुन्छन् । रिसाइरहेका हुन्छन् । डराइरहेका हुन्छन् । शान्त हुँदैनन् । तपाईंको शरीर जति स्वस्थ्य छ, उत्तिनै तपाईं शान्त रहनुहुनछ । तपाईं उत्तिनै उमंगित रहनुहुन्छ ।

सही पाचन

राम्रो पाचनको दुई संकेत हुन्छ । एक त तपाईंले खाना खाएपछि त्यो राम्ररी पच्छ । अर्को चाहि खाना खाने समयमा राम्ररी भोक लाग्छ । खाना पच्नु र सही समयमा भोक लाग्नु पनि पाचन यन्त्र सही छ भन्ने कुराको संकेत हो ।

समयमा निद्रा

हामी जतिबेर जागा रहन्छौं, उत्तिनै समय विश्राम पनि चाहिन्छ । शरीरलाई सही समयमा, सही अवधी विश्राम चाहिन्छ । यस्तो विश्राम हामी सुतेर वा निद्राको अवस्थामा लिन सक्छौं । यदि हाम्रो स्वास्थ्य राम्रो छ भने हामीलाई सही समयमा निद्रा लाग्छ । सुत्नसाथ गहिरो निद्रामा पर्छौं । राती निद्रा भड्किदैन वा विथोलिदैन । निद्राबाट खुलेपछि चंगा अनुभव गर्छौं । यदि त्यसो हो भने तपाईंको स्वास्थ्य ठिक छ ।

सही समयमा उठ्ने

तपाईं प्राय कुन समयमा उठ्नुहुन्छ ? सुत्ने समयसँग निर्भर होला । तपाईं अबेर सुत्नुभयो भने अबेर नै उठ्नुहुनेछ । चाडै सुत्नुभयो भने चाडै उठ्नुहुनेछ । यदि तपाईंको उठ्ने तालिका नियमित छ भने पनि तपाईंको स्वास्थ्य ठिक छ भन्ने बुझिन्छ ।

दैनिक पेटको सफाई

एक स्वस्थ्य व्यक्तिको पेटको सफाई दिनमा दुई पटक हुन्छ । एक पटक विहान र अर्को पटक साँझमा । यस्तोमा सही खानपानको आवश्यक्ता हुन्छ । यदि तपाईं सही खानपानबाट आफ्नो पेट सफा राख्नुहुन्छ भने तपाईंको शरीरबाट धेरै रोग हट्छ । यहाँसम्म कि पसिना आउनुपनि स्वास्थ्य जीवनको संकेत हो । पसिनाको माध्यामबाट शरीरबाट युरिनभन्दा बढी विषाक्त तत्व निष्कासित हुन्छ ।

सन्तुलित तौल

तपाईंको उचाई अनुसार उचित किसिमको तौल आवश्यक हुन्छ । यदि तपाईंको तौल सधै उही रहन्छ वा धेरै घटबड हुँदैन भने यसलाई पनि राम्रो संकेत मान्नुपर्छ ।

तौल सन्तुलित राख्नका लागि सही खानपान, सहि दिनचर्या एवं सक्रियता आवश्यक हुन्छ ।

प्राकृतिक तागत र प्रतिरोधी क्षमता

जुन व्यक्ति काम गर्दा चाडै थाक्दैन वा बलको श्रमको काम गर्न सक्छन् । साथै उनीहरुको रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्छ । यस्तो व्यक्तिको शरीर सही हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?