+
+

आईओएमका डीन अग्रवालमाथि मसी छ्यापियो  

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते १६:५६
Photo Credit : फाइल फोटो

२९ भदौ, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), महाराजगञ्जका डीन डा जगदीशप्रसाद अग्रवालमाथि एक व्यक्तिले दुर्व्यवहार गरेका छन् ।

आइतबार दिउँसो २ बजे अन्तर्वार्ता लिन भन्दै कार्यालयमा पुगेका व्यक्ति मसी छ्यापेर भागेको डा अग्रवालले बताए । ‘दुईतीन दिनदेखि नेपाल टाइम्सको पत्रकार भनेर समय मागेको थिए’ अग्रवालले भने, ‘आज दिउँसो २ बजे समय दिएको थिएँ। मेरो कार्यलयमा छिर्नासाथ केही नबोली मसी मसी छ्यापेर भाग्यो ।’

मसी छ्याप्ने व्याक्तिलाई आफूले यसअघि नभेटेको नदेखेको डा. अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?