
४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय जनकपुरमा कार्यरत पाँचौ तहको एक कर्मचारीसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
मुख्यमन्त्रीको कार्यालय जनकपुरमा कार्यरत सहायक पाँचौ तहका कर्मचारी मनोजकुमार झा र रौतहटको कटहरिया नगरपालिका-८ का वडा सचिव कदिरवावु देवानविरुद्ध विशेष अदालतमा सोमबार मुद्धा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
झाले रौतहट जिल्लाको साविक हथियाही गाविसको सचिव हुँदा पेश्की लिई फछर्यौट नगरेको, चालू तथा पुँजीगत खर्च आफूखुसी लेखी ३ लाख ५९ हजार १ सय ३८ रूपैयाँ बराबर हिनामिना गरेको पुष्टि भएपछि उनीविरुद्ध मुद्धा दायर गरिएको उनले बताए ।
देवानले साविक हथियाही गाविसको कार्यालय सहायक हुँदा पेश्की लिई फछर्यौट नगरेको, चालू तथा पुँजीगत खर्चका साथै भ्रमण खर्च र सामाजिक सुरक्षा भत्ताको रकम आफैले बुझी १२ लाख ५६ हजार २ सय ७५ रूपैयाँ बराबरको सार्वजनिक सम्पत्ती दुरुपयोग गरेको पुष्टि हुन आएकोले उनी विरुद्ध मुद्धा दायर गरिएको उनले बताए ।
प्रतिक्रिया 4