+
+

लुम्बिनीमा बढ्न थाले चिनियाँ पर्यटक

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ कात्तिक ५ गते १६:३४

५ कात्तिक, बुटवल । गौतमबुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा चिनिया पर्यटकको संख्या बढेको छ । भूकम्प र नाकाबन्दीपछि घटेको चिनियाँ पर्यटक आगमन त्यसपछिका वर्षहरुमा विस्तारै बढ्दै गएको छ ।

सन् २०१४ मा २० हजार ७ सय १८ चिनियाँ पर्यटक लुम्बिनी आएका थिए । भूकम्प र नाकाबन्दी पछि घटेर सन् २०१५ मा १२ हजार एक सय ६१ र सन् २०१६ मा १४ हजार ८ सय ९० जनामात्र आएका थिए । २०१७ मा १५ हजार ७ सय ७० जना आएका लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए ।

लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरुमा सबै भन्दा बढी श्रीलंकाका रहेका छन् । श्रीलंकापछि थाईल्याण्ड र अहिले तेस्रो स्थानमा चिनिया पर्यटक रहेका छन् । श्रीलंका र थाइल्याण्डका पर्यटकको तुलनामा चिनिया पर्यटकको लुम्बिनी बसाई बढी हुने भएकाले पनि चिनिया पर्यटकहरुको संख्या बढ्दा पर्यटन व्यवसायीहरु खुशी भएका छन् ।

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक एक पटक लुम्बिनी पुगेका हुन्छन् । चिनिया पर्यटक बढी भित्र्याउने गरी राज्य र सरोकारवाला निकायले प्रवद्र्धनात्मक र प्रचारमा जोड दिनुपर्ने लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसिएशनका पुर्व अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन् ।

चिनियाँ नागरिकको आम्दानी वृद्धि हुनु, वैदेशिक भ्रमणकतर्फ आकर्षित हुनु, बुद्ध धर्मावलम्बीहरुमा एक पटक बुद्ध जन्मभूमि लुम्बिनी पुग्नु पर्छ भन्ने मान्यताका कारण चिनियाँ पयर्टक बढेको लुम्बिनीको विश्वभर प्रचार गर्र्दै हिडिरहेका अभियान्ता चेतन पन्तले बताए ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य पनि चिनिया निर्माण कम्पनीले गरिरहेको हुदा यसले पनि लुम्बिनीको थप प्रचार हुने अपेक्षा गरिएको छ ।

बुटवल उपमहानगरपालिकासंग केही दिन अगाडि मित्रराष्ट्र चीनको प्रमुख सहर सिआन सिटीसंग भगिनी सम्बन्ध स्थापना गरिएको थियो । भगिनी सम्बन्धपछि पनि यो क्षेत्रमा चिनिया पर्यटकको आवागमनमा बृद्धि हुने अपेक्षा गरिएको बुटवल उद्योग वााणिज्य संघका अध्यक्ष खिम हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?