+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अबोध बालिकाले स्वीकार्न नसकेको यथार्थ : १२ वर्षमै ५ महिनाको ‘अनिच्छुक गर्भ’

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ कात्तिक २० गते १६:५२

थापाथली प्रसुति गृहस्थित गाइनो वार्डको बेड नम्बर २१७ मा एक बालिका टोलाइरहेकी छिन्। हातमा एउटा रातो डल्लो स्याउ छ। उनी त्यस्लाई ओल्टाइ पोल्टाई हेर्दैछिन्। चेहरामा ‘खाउँ कि नखाउँ’ झै भाव देखिन्छ। हातमा लगाएको रातो बालासँग मिल्दो रंगको स्याउ उनको लागि खाने भन्दा खेल्ने साधन भएको छ।

वार्डका अरु महिलाहरु ति बालिकालाई हेर्दै चुकुचुकाउँदै भन्छैछन्,  ‘बिचरा १२ वर्षकी बालिका गर्भवती ! को पापी होला यो खेल्ने खाने उमेरकी बच्चीलाई यो हालमा पु र्‍याउने…’

उनलाई भने यस्ता कुराहरुमा परवाह छैन । आफ्नै धुनमा घरि स्याउ हेर्दै टोलाउँछिन् त घरि दायाँबायाँ हेर्दै हाँस्छिन् ।

अस्वाभाविक हाउभाउ देखाउने उनी सुस्त मनस्थितिकी रहिछिन् । अर्थात्, उनी न राम्रो सुन्न सक्छिन्, न राम्रो बोल्न नै । चिकित्सकीय भाषामा यसलाई ‘बौद्धिक अपाङ्ग’ भनिन्छ । यस्ता व्यक्तिको उमेरसँगै हुनुपर्ने मानसिक विकास हुँदैन । उमेर बढ्दै जादाँ उनीहरुको स्वाभाव चाहिँ बच्चाको जस्तै हुन्छ ।

यस्तै अवस्थामा रहेकी उनी भने १२ वर्षको उमेरमा नै उनी आमा बन्न लागेकी छन् ।

उनको पेटमा भएको बच्चाको बुवा को हो भन्ने थाहा छैन अर्थात, उनी अविवाहित पनि हुन् । उनी कसरी गर्भवती भइन् परिवारलाई पनि जानकारी छैन ।

१२ वर्षको कलिलो उमेर । जन्माजातदेखि मानसिक रोग भोगिरहेकी । पेटमा ५ महिनाको बच्चा । अनि अस्पतालको बास । उनको लागि सबै नौलो र नरमाइलो । दिन काट्न सकस छ, तर बाध्य भएर त्यहाँ अडिएकी छिन् ।

त्यसैले उनी घरि अरु महिलाहरु भएको बेडमा पुग्छिन् त घरि खुरुखुरु यताउति हिँड्छिन् । लामो समयसम्म बेडमा बस्ने धैर्यता उमेरले पनि दिँदैन । अवोधपना र चञ्चलता व्यवहारमा झल्किन्छ । तर, मुख फोडेर व्यक्त गर्न सक्दिनन् ।

उनलाई देखेर ‘गाइने वार्ड’का महिलाहरु भन्दैछन्, ‘कस्तो मायालाग्दी केटी, तर, अभागी रैछे… विचरी !’

बेडमा बसिरहेकी उनी  जुरुक्क उठिन र नीलो रंगको लामो जामा थोरै माथि उठाइन् । त्यसमाथि लगाएको रातो रङको स्वेटर मिलाइन् । त्यसो गर्दा पेट अस्वाभाविक रूपमा ठूलो देखियो । उनी पेट छाम्दै झ्यालतिर पुगिन् र अनौठो मान्दै बाहिर हेर्न थालिन्।

कलिली, दुब्ली र निराश देखिन्छ अनुहार। हात र खुट्टाका औंला पनि कलिला। अनुहारको तुलनामा पेट अस्वाभाविक रुपमा ठूलो। उनी छिनमै टाउकोमा ‘तीन चुल्ठी’ बाधेको कपाल मिलाउछिन त छिनमै चिसोले फुटेर ‘अरकठ्ठ’ भएका हात सुम्सुम्याउछिन्।

उनको खुट्टा पनि फुटेर अरकठ्ठ थिए। गहुगोरो अनुहार कटकटिएर फुस्रो भएको थियो। ओठ फुटेर उस्तै। छेउमा जादाँ शरीरबाट ‘अस्वाभाविक गन्ध’ आउथ्यो।

त्यही बेला अस्पतालकी नर्स वार्डमा आइपुगिन् ।

उनलाई बेडमा राख्दै सोधिन्, ‘पेट दुख्छ ?’

उनी नबुझेर अलमलमा परिन् ।

उनका ठूलोबुवाले सोधेँ, ‘लादो दुख्छ ?’

उनको भाषामा पेटलाई ‘लादो’ भन्दा रहेछन् ।

उनले ‘अँ…’ भन्दै टाउको हल्लाइन् ।

ठुलो बुवा कर्णबहादुरले फेरि सोधे, ‘कन्दो’ दुख्छ ?’

उनीहरूको भाषामा ढाडलाई ‘कन्दो’ भन्दो रहेछन् ।

बालिकाले ‘अँ….’ भन्दै टाउको हल्लाइन् ।

उनीहरुको भाषामा ठुलोबुवाले अनेक प्रश्नहरु सोधे ।

बालिकाले स्वीकृति दिदाँ ‘अँ…’  भन्दै टाउको हल्लाइन्, अनि अस्विकृतिमा ‘नाई..’ भन्दै ।

‘अँ…’ र ‘नाई…..’  बाहेक मुखबाट अरु शब्द निस्किएन ।

बेला-बेला अवोध हाँसो हास्नु र घरिघरि खित्का छाड्नु उनको सदावहार बानी रहेछ ।

त्यो बानी भने निरन्तर रह्यो । केहीछिनको सोधपुछपछि नर्स त्यहाँबाट निस्किइन् ।

उनी त्यहाँबाट उठेर झ्यालमा आइन् र बाहिर हेर्दै टोलाउन थालिन् ।

***

बालिकाका ठूलोबुवा कर्णबहादुर बोहराका लागि यो सबै सपना जस्तै भएको छ । तर,  छोरीको पेटमा हुर्किँदै गरेको ५ महिनाको गर्भ यथार्थ हो । अछामदेखि पहिलोपटक काठमाडौंसम्म गरेको यात्रा पनि यथार्थ हो । अनि छोरी जबर्जस्ती करणीमा परेको घटना उनले स्वीकार गर्न नसक्ने कठोर यथार्थ हो ।

कर्णबहादुर निराश हुँदै यथार्थ सुनाउन सुरु गर्छन् ।

आजभन्दा दुई साता अघि अछाम जिल्लाको एक गाउँकी उनलाई कुकुरले टोक्यो । सुई लगाउन गाउँदेखि नजिकै बयलगाडा अस्पताल पुर्‍याउनुपर्ने भयो । ६० वर्षको हाराहारीमा पुगिसकेका बालिकाका बुवाआमा दुबै जना सुस्त मनस्थितिका थिए ।

भएकी एक्ली छोरी पनि सुस्त मनस्थितिकै भएपछि अस्पताल लैजाने जिम्मा ठुलोबुवा कर्णबहादुर बोहराको काधँमा आइलाग्यो । बाउछोरीको गाडी भाडा १ हजार तिरेर कर्णबहादुर बयलगाडा अस्पताल पुगे ।

डाक्टरले रेबिजको सुई लाइदिए । सुई लाएपछि अस्पतालबाट फर्कने तरखर गर्दा छोरीको पेट अस्वाभाविक सुन्निएको देखे । त्यसअघि कर्ण बहादुरले त्यसरी छोरीको पेट याद गरेका थिएनन् । उनलाई अस्वाभाविक लाग्यो ।

अलमलमा पर्दै डाक्टरलाई सोधे, ‘छोरीको पेट किन सुन्निएको छ, डाक्टर सा’ब ?’

डाक्टरले अचम्ममा पर्दै बालिका ५ महिनाकाे गर्भवती रहेकाे बताए ।

त्यसपछि गर्भपतनका लागि जिल्ला अस्पताल म‌ंगलसेन पठाइयाे ।

म‌ंगलसेनमा गर्भपतनकाे तयारी गर्दैगर्दा कानूनी प्रक्रियामा जानुपर्ने भयाे ।

त्यसपछि कर्णबहादुरले प्रहरीलाई खबर गरे ।

प्रहरीले अनेक सोधपुछ गर्दा बालिकाबाट अस्पष्ट जवाफ आयो, ‘गोरो छ । अग्लो छ, पातलो छ । त्यही मान्छेले मलाई उसको घरमा बोलाएको थियो… अनि…।’

प्रहरीलाई उनले दुई जना छिमेकीको नाम पनि भनिन् । बालिकाको बयानको आधारमा दुई किशोरलाई प्रहरीले प्रकाउ गर्‍यो । प्रकाउ परेका दुबै १५/१६ वर्षका छन् र नजिकैको स्कुलमा कक्षा ५ मा पढ्ने कर्णबहादुर बताउँछन् ।

प्रहरीले घटनाबारे अनसन्धान गरिरहँदा डीएनए परीक्षण र गर्भपतनका लागि कर्णबहादुर काठमाडौं आउने तयारीमा लागे ।

गर्भपतन म‍ंगलसेनमा हुने भए पनि कानूनी प्रक्रियाका लागि चाहिने डीएनए परीक्षण त्यहाँ सम्भव थिएन । साेही कारण उनले काठमाडाैंसम्मकाे यात्रा तय गर्नुपर्याे ।

गाविसबाट २० हजार सहयोग लिएर हिँडेका उनको अछामबाट नेपालगञ्ज एम्बुलेन्समा आउँदा १० हजार खर्च भयो ।

त्यहाँबाट काठमाडौं आउँदा साढे चार हजार खर्च गरेका उनको खल्ती अहिले रित्तो छ । काठमाडौंमा न आफन्त छन् न चिनजानका केही । बिहान बेलुकाको खाना नै कसरी खाने भन्ने चिन्ता थपिएको छ ।

कर्णबहादुर यसो भनिरहँदा बालिका नजिक आइन् ।

कर्ण बहादुरले सोधे, ‘ के भयो छोरी ?’

उनी केही बोलिनन् । अनुहार अँध्यारो देखियो । पेटमा भएको हलचलको पीडा सहन नसकेझै गरेर मुख अस्वाभाविक रुपमा बिगारिन् । त्यसपछि बेडमा गएर कोल्टो परेर पल्टिइन्। अरु महिला एकअर्कालाई मुखामुख गर्दै चुप भए ।

***

पहिलोपल्ट काठमाडौं आएका कर्णबहादुर राम्रोसँग अक्षर चिन्दैनन् । काठमाडौं आएर झनै अन्यौल बढेको छ। के गर्ने कसो गर्ने सोच्न नसक्ने अवस्थामा पुगेका छन् ।

बच्चाको जन्म दिउँ ? कसले सम्हाल्ला भन्ने पीर ।

गर्भपतन गरौं ? अवोध बालिकाको स्वास्थ्यको चिन्ता ।

यी र यस्तै प्रश्नले कर्ण बहादुर रिंगिएका छन।  चिकित्सकहरुको सल्लाह कुर्दैमा दिन कटिरहेको छ।

कर्ण बहादुरलाई छोरीको पेटमा भएको गर्भले इज्वत गएको महशुष भएको छ। त्यस्लाई न त स्विकार गर्न सक्छन्। न त नकार्न नै। यो यथार्थको धरातलबाट भागेर देहत्याग गर्न मन छ। तर, छोरीको बिजोक अवस्था कल्पना गर्न सक्दैनन्।

भन्छन्, ‘छोरीको स्याहार सुसार गर्ने कोही भैदिए त बरु मर्न हुन्थ्यो।’

कर्ण बहादुरलाई राम्रोसँग थाहा छ, उनी मरे छोरीको अवस्था बेहाल हुन्छ। छोरीका सुस्तमनस्थितीको बुवाआमाले केही सम्हाल्न सक्दैनन्। अवस्था झनै नाजुक हुन्छ। संकटमाथि अर्को संकट आइलाग्छ।

यी सबै कुरा थाहा पाएपनि उनको मन भनिरहन्छ, ‘यस्तो बोझ र अपमान सहेर के बाँच्नु ?’

तर, उनी छोरी सम्झन्छन्। आफ्नो नाममा एक धुर जमिन नभएका बालिकाको सुस्त मनस्थितीको अभिभावक सम्झन्छन्। भविष्यमा आउने संकट सम्झन्छन्। अनि फेरि अर्को बज्रपात आइनलागोस् भनेर आफ्नो मन सम्हाल्दै आफैलाई भन्छन्, ‘… जस्तो पर्ला त्यस्तै टर्ला… यस्तो हुनुमा हाम्रो अपराध के छ र ?’

कुराकानी गर्दागर्दै बालिका फेरि कर्णबहादुरको छेउमा आइन् । उनको हाउभाउ देख्दा लाग्थ्यो, उ केही माग्दैछे । उस्लाई केही भएको छ, अथवा उ केही चाहन्छे ।

‘उ के माग्दैछे ? अथवा उ के भन्न खोज्दैछे ?’

तर  उस कुरा कसले  पो बुझ्ने ?

हामीतिर हेर्दै कर्णबहादुर भन्छन्, ‘हेर्नुस् न यस्लाई के हुन्छ ? के चाहिन्छ ? केही बुझिदैन्। यस्तो मान्छेलाई  हाम्ले कसरी सम्हाल्न सक्नु।’

त्यही नजिकैको अर्को बेडमा एक जना अछामतिरकै महिला रहिछिन् । उनले अछामी भाषामा बालिकालाई सोधिन्,

त्यो केटालाई तैंले घरमा बोलाएको हो ?’

बालिकाले ‘नाई…’  भन्दै मुन्टो हल्लाइन् ।

त्यो केटाको माया लाग्छ ?’

बालिकाबाट ‘नाई……’ को संकेतमा मुण्टो हल्लियो ।

बालिकालाई अहिल चिकित्सकहरूको ‘अब्जर्भेसन’मा राखिएको छ । भिडियो एक्सरेलगायत रिपोर्ट आइसकेपछि गर्भपतन गर्ने/नगर्ने निर्णय लिइनेछ

पेटमा भएको बच्चाको माया लाग्छ ?’

फेरि ‘नाई…’ को संकेत आयो ।

अनि त्यो केटासँग बिहे गर्ने हो त ?

फेरि ‘नाई…’ को संकेत  दिँदै मुण्टो निहुराइन् ।

अनि बच्चा जन्माउँछौ त ?

यो प्रश्नमा पनि ‘नाई…..’ को संकेत जनाइन् ।

महिलाले अन्तिम प्रश्न सोधिन्, अछाम जान्छौँ त ?’

बालिकाले खुशी हुँदै ‘अँ…’ भनेर स्वीकृति जनाइन् ।

फेरि नर्सको प्रवेश भयो । नर्सले रगत र पिसाबको रिपोर्टबारे डाक्टरले जानकारी गराउने सूचना दिइन् । चिन्ता गर्नुपर्ने अवस्थामा नरहेको भन्दै त्यहाँबाट ओझेल परिन्।

बालिकालाई अनेक प्रश्न सोध्ने अछामी महिला एक सातादेखि अस्पतालमा छिन् । भाषा मिल्ने भएकाले उनीसँग बालिका झ्याम्मिरहन्छिन् । उनका अनुसार बालिका राति पीडाले छटपटाउने र रुने गर्छिन् । कहिले आफ्नो कपाल भुताल्ने त कहिले पेट छाम्दै भुतभुताउने गर्छिन् ।

बालिका दिनभर ‘भोक लाग्यो…’ भनिरहन्छिन् । कहिले चाउचाउ बिस्कुटको खोल त कहिले लुगा टोक्छिन् । अस्पतालले बिहान बेलुका दिने खाना उनलाई मन पर्दैन । खाना खाने बेलामा खुर्सानी खोज्छिन् तर उनको माग पुरा हुन्न ।

बालिका निराश हुँदै खाना खान्छिन्। आफूले खाएको थाल आफै पखाल्छिन् । बेडमा थला पर्ने गरि निष्क्रिय नभएकी उनलाई एउटा मात्रै चिन्ता छ,  अस्पताल बस्न नपरोस् । तर कतिञ्जेल अस्पताल बस्नुपर्ने हो अहिलेसम्म डाक्टरले बताएका छैनन् । त्यसैले कर्णबहादुर पनि अन्यौलमा छन् ।

‘लिएर आएको पैसा सकियो, के खाएर बस्न सक्नु यो ठाउँमा’ कर्णबहादुर भन्छन्, ‘ म त यहाँ जेल परेजस्तै भएँ । भागुम् भागुम् लागिसक्यो । दिमागले फिट्टो काम गरेन ।’

अस्पतालका निर्देशक जागेश्वर गौतमका अनुसार बालिकालाई अहिले चिकित्सकहरूको ‘अब्जर्भेसन’मा राखिएको छ । भिडियो एक्सरेलगायत रिपोर्ट आइसकेपछि गर्भपतन गर्ने/नगर्ने निर्णय लिइनेछ ।

बालिकाको उपचार निःशुल्क गरिने डा. गौतम बताउँछन् ।  लैंगिक हिंसासम्बन्धी घटनामा अस्पतालले उपचार खर्च नलिने जनाउँदै डा. गौतम भन्छन्,  ‘बालिकालाई के गर्ने अहिले कुनै निर्णय भएको छैन,  हामीले उपचारचाहिँ निःशुल्क गरिदिएका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?