२८ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका भेट्रान बलर डेल स्टेन र इङ्गल्यान्डका ओपनिङ ब्याट्सम्यान जेसन रोयले यस वर्षको पाकिस्तान सुपर लिग (पीएसएल)का लागि आफ्नो नाम दर्ता गराएका छन् । पीएसएलमा प्लाटिनम क्याटेगोरीका लागि उनीहरुले नाम दर्ता गराएका हुन् ।
यसपाली पीएसएलको पाचौं संस्करण हुँदैछ । त्यसका लागि आठवटा टेस्ट राष्ट्रका खेलाडीहरु ड्राफ्टमा परेका छन् । ड्राफ्टमा पर्नेहरुमा इङ्गल्यान्डका ७, दक्षिण अफ्रिकाका ६, वेस्ट इन्डिजका पाँच तथा अष्ट्रेलिया र अफगानिस्तानका तीन-तीन छन् । यस्तै, श्रीलंका दुई र न्यूजिल्यान्डका एक जना छन् । नेपालका सन्दीप लामिछाने पनि ड्राफ्टमा छन् । उनले सबैभन्दा महंगो प्लाटिनम क्याटेगोरीका लागि नाम लेखाएका हुन् ।
पीएसएलका फ्रेन्चाइजहरुले अघिल्लो वर्षको लाइन अपबाट बढीभन्दा ८ जना खेलाडी रिटेन गर्न सक्छन् । प्रत्येक टिमले प्लाटिनम क्याटेगोरीमा तीन जना, डाइमन्ड एन गोल्ड क्याटेगोरीमा दुई जना र सिल्भरमा पाँच जना खेलाडी राख्नुपर्ने व्यवस्था छ । यसैगरी दुईजना उदयीमान खेलाडी हुनुपर्छ ।
कुन देशबाट को-को ?
अफगानिस्तानः मोहम्मद नाबी, मुजिब उर रहमान र रसिद खान
अष्ट्रेलियाः डान क्रिस्टियन, बेन कटिङ र क्रिस लिन
इङ्गग्ल्यान्डः मोइन अली, हेरि गुर्ने, एलेक्स हेल्स क्रिस जोर्डन, लियाम प्लुकेट, आदि रसिद र जेसोन रोय
नेपालः सन्दीप लामिछाने
न्यूजिल्यान्डः कोनिल मुनरो
दक्षिण अफ्रिकाः हसिम अमला, जेपी डुमिनी, कोलिन इन्ग्राम, रिली रोसोउ, डेल स्टन, इमरान ताहिर
श्रीलंकाः एन्जेलो म्याथुज र थिसरा परेरा
वेस्ट इन्डिजः कार्लोस ब्राथह्वाइट, ड्वायन ब्राथवाइट, इभिन लेविस, सुनिल नारिन, काइरन पोलार्ड ।
प्रतिक्रिया 4