+
+

बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

रासस रासस
२०७६ मंसिर ३ गते १३:०५

३ मङ्सिर, परासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?