
१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत उसु खेलका क्रममा विवाद भएको छ ।
बुधबार लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा सुरु उसुको पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
श्रीलंकाका थरिन्दु निर्मल अनुराधाले ९.२१ अंक पाए भने भारतका ज्ञानदेश सिंहले ९.१५ र नेपालका हरिप्रसाद गोलले ९.०५ अंक पाएका थिए । तर फल्ट गणना गर्दा श्रीलंकन खेलाडीलाई धेरै अंक दिइएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरे ।
त्यसक्रममा दर्शकहरूले मैदानमा बोतल फालेपछि खेल रोकिएको छ ।
अहिले प्रहरीले ग्राउण्ड क्लियर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4