+

जेसिसको ह्याट्रिकमा सिटीको सहज जित

२०७६ मंसिर  २६ गते ११:०२ २०७६ मंसिर २६ गते ११:०२
जेसिसको ह्याट्रिकमा सिटीको सहज जित

२६ मंसिर, काठमाडौं । गाब्रियल जेसिसको ह्याट्रिकसँगै म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगमा डिनामो जाग्रेबलाई हराएको छ । समूह चरणको अन्तिम खेलमा सिटीले डिनामो जाग्रेबलाई ४–१ गोल अन्तरले हराएको हो ।

बुधबार राति डिनामो जाग्रेबको घरेलु मैदानमा भएको खेलमा अग्रता भने उसैले लिएको थियो । खेलको १०औं मिनेटमा नै डानी ओल्मोले गोल गरेका थिए । तर ३४ औं मिनेटमा म्याचेष्टर सिटीका जेसिसले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा सिटी हावी भयो । ५० औं मिनेटमा दोस्रो गोल गरेका जेसिसले चार मिनेटपछि ह्याट्रिक पुरा गरे । खेलको ८४ औं समनेटमा फोडिनले गोल गरेसँगै म्यानचेष्टर सिटी ४–१ गोल अन्तरले विजयी भएको छ ।

सिटीका २२ वर्षीय ब्राजिलियन फर्वाडले पछिल्लो पाँच खेलमा पाँच गोल गरेका छन् । ‘अहिले गोल भइरहेको छ र म खुसी छ तर रोकिने छैन । मैले गोल गरिरहनुपर्छ’ खेलपछि उनले भने, ‘मैले मेरो काम गर्नुपर्छ । मेरो काम गोल गर्ने हो ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय