+
+

सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १९:४८

१८ पुस, काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै चौथो ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आहृवान गरेको छ ।

६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रा गिरी, काठमाडौँमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइनेछ ।

उक्त कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोवाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सिप परिक्षण समितिबाट अटोमोवाइल विषयमा लेभल १/लेभल २ उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ ।

दरखास्त बुझाउन अन्तिम पुस २९ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ ।

यो निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?