
९ माघ, बुटवल । राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट तीनैजना नेकपा उम्मेदवार विजयी भएका छन् । महिलातर्फ विमला घिमिरे, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट जगप्रसाद शर्मा र अन्य समूहबाट गोपालप्रसाद भट्टराई राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
महिलाबाट निर्वाचित घिमिरेले नेपाली कांग्रेसकी गिरिजादेवी न्यौपानेलाई पराजित गरिन् । अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहबाट निर्वाचित शर्माले काँग्रेसका मेराज अहमद हलवाई, समाजवादी पार्टीका सुनिलकुमार सिंघललाई पराजित गरे ।
अन्य समूहतर्फबाट निर्वाचित भट्टराईले कांग्रेसका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्ण प्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेललाई पराजित गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4