+

सरस्वती युवा क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा

२०७६ माघ  १० गते १६:२३ २०७६ माघ १० गते १६:२३
सरस्वती युवा क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा

१० माघ, काठमाडौं । सरस्वती युवा क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा मनाङले सरस्वतीलाई १–० ले पराजित गरेको हो मनाङका लागि खेलको ४६ औं मिनेटमा विमल रानाले गोल गरे । जितपछि मनाङको ८ खेलबाट १६ अंक पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मीको पनि १६ अंक छ । समान ८ खेल खेलेको मछिन्द्र क्लबको पनि १६ अंक छ ।

जितपछि पनि मनाङभन्दा अघि शीर्ष स्थानमा आर्मी र दोस्रो स्थानमा मछिन्द्र क्लब छ ।

खेलेका ८ खेलमध्ये ७ वटामा हार र एउटामा बराबरी खेलेको सरस्वती भने अंक तालिकाको पुछारमा छ ।

*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ । सम्पादक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय