+
+

नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १३:३२

६ चैत, काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न  सन्देशमा भनिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?