
कोरोनाबाट संसार त्रसित छ । यसबाट बच्नको लागि भारत सरकारले गरेको लकडाउन नै गरेको छ । सोही लकडाउनले बलिउड अभिनेता ऋतिक रोशनको जीवनमा भने खुसी ल्याएको छ । डिभोर्स भइसकेकी श्रीमति सुजैन खान ऋतिकसँगै बस्न उनको घर आइपुगेकी छिन् ।
ऋतिक र सुजैनको डिभोर्स भएको धेरै वर्ष बितिसक्यो । तर पनि बेला बखत उनीहरु एक-अर्कालाई भेटिरहन्थे । उनीहरुको प्रेमको अन्त्य भएको थिएन । आफ्ना सन्तानहरुको लागि पनि उनीहरु भेट गरिरहन्थे ।
अहिले पुन: सुजैन आफ्नो सन्तानकै लागि ऋतिकको घर फर्किएकी हुन् । लकडाउनको समय सुजैन पूर्ण रुपमा ऋतिकको घरमा नै बस्नेछिन् ।
सुजैन आएको खुसी ऋतिकले सामाजिक संजालमा पोष्ट नै गरेका छन् । उनले आफ्नो सन्तानको मायाले सुजैनलाई घरसम्म फर्काएको ऋतिकले उल्लेख गरेका छन् । ऋतिकले आफ्नो सन्तानको माया बुझेको भन्दै सुजैनलाई धन्यवाद पनि भनेका छन् ।
सुजैनले पनि ऋतिकको घरबाट बाहिरको दृष्य खिचेर सामाजिक संजालमा पोष्ट गरिरहेकी हुन्छिन् । सुजैन पनि ऋतिकको घर फर्किदाँ खुसी देखिन्छिन् ।
प्रतिक्रिया 4