
२५ चैत, काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापाले धनकुटाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
आफ्ना पिताका नाममा स्थापित सूर्यबहादुर थापा प्रतिष्ठानको नामबाट कोरोनाविरुद्ध लड्न थापाले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
सहयोग गरिएका स्वास्थ्य सामग्रीमा पीपीई, पञ्जा, स्यानिटाइजर, डिटोल ह्यान्डवास, मास्कलगायत छन् ।
यी सामग्री धनकटाका स्थानीय तहमा स्वास्थ्य सेवा पुर्याइरहेका अस्पताल, आइसोलेसन क्वारेन्टाइन सेन्टर, प्राथमिक स्वास्थ्य केन्द्र, उपस्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरिने थापाले जानकारी दिए ।
थापाका अनुसार, धनकुटा जिल्ला विपत व्यवस्थापन समिति तथा धनकुटा उद्योग वाणिज्य महासंघमार्फत यी सामग्री वितरणा हुनेछन्।
थापाले उनका दिवंगत बाबु पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको नाममा प्रतिष्ठान स्थापना गरेका छन् । जसले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
प्रतिक्रिया 4