+

रियल मड्रिड ११ मेदेखि प्रशिक्षणमा फर्कने

२०७७ वैशाख  २१ गते १८:४३ २०७७ वैशाख २१ गते १८:४३
रियल मड्रिड ११ मेदेखि प्रशिक्षणमा फर्कने

२१ वैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड प्रशिक्षणमा फर्कने भएकाे छ भने बार्सिलोनाले पनि प्रशिक्षणमा फर्कने तयारी गरेको छ ।

ट्रेनिङ मैदान भाल्डेबेबासमा ११ मेदेखि प्रशिक्षण सुरू गर्ने तयारी रियलले गरेको हो । यो व्यक्तिगत प्रशिक्षण मात्र हुनेछ ।

भाल्डेबेबासमा स्वास्थ्यको आवश्यक प्रक्रियाहरू पूरा गरिएको छ । सामाजिक दूरी पनि कायम गरिनेछ ।

जिनेदिन जिदानको टोली यसअघि भन्दा धेरै समयमा आइसोलेटेड हुनेछन् । किनकि, ट्रेनिङमा खेलाडी र प्रशिक्षकको संख्या घटाइनेछ ।

त्यस्तै, बार्सिलोनाले प्रशिक्षणमा फर्कने तयारी गरे पनि अहिलेसम्म आफ्ना खेलाडीलाई यसबारे जानकारी गराइसकेको छैन ।

खेलाडीको स्वास्थ्यलाई लिएर क्लबले स्पानिस सरकारको नियम पालना गर्ने र जोखिम नउठाउने स्पानिम अनलाइन मार्काले जनाएको छ ।

प्रशिक्षणमा सुरक्षालाई महत्त्वपूर्ण विषयका रूपमा हेरिएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय