
८ जेठ, काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले उनीहरुलाई बुधबार छाडिएको अनलाइनखबरलाई बताए । चिनियाँ नागरिकहरु घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा २६ वैशाखमा पक्राउ परेका थिए ।
नियन्त्रणमा नियन्त्रण लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4