+

दक्षिण अफ्रिकामा नयाँ फर्म्याटमा क्रिकेट प्रतियोगिता हुँदै, तीन टिमको एक खेल

२०७७ असार  ३ गते १७:३२ २०७७ असार ३ गते १७:३२
दक्षिण अफ्रिकामा नयाँ फर्म्याटमा  क्रिकेट प्रतियोगिता हुँदै, तीन टिमको एक खेल

३ असार, काठमाडौं । दक्षिण अफ्रिकामा अहिलेसम्म नभएको नयाँ फर्म्याटको क्रिकेट हुने भएको छ । क्रिकेट खेलमा अहिलेसम्म दुई टिमबीच मात्रै खेल हुँदै आएको थियो । तर अब तीन टिम एउटै खेलमा खेल्ने भएका छन् ।

क्रिकेट साउथ अफ्रिकाले यही २७ जुनमा सेन्चुरीयनमा तीन टिम सम्मिलित क्रिकेट खेल सोलिडारिटी कप आयोजना गर्ने भएको छ । जसमा तीन टिम हुनेछ । एक खेल हुनेछ भने दुई हाफमा खेलाइनेछ ।

कोभिड-१९ महामारीले असर गरेका मानिसहरुलाई क्रिकेटमार्फत सहयोग रकम जुटाउन तथा महामारीविरुद्ध एकजुट हुनको लागि क्रिकेट साउथ अफ्रिकाले यस विशेष प्रदर्शनी खेल आयोजना गर्न लागेको हो । खेलमा दर्शक हुने छैनन् ।

क्रिकेट साउथ अफ्रिकाका डिरेक्टर तथा पूर्वकप्तान ग्रेम स्मिथले यस नयाँ फर्म्याटको खेलले क्रिकेटमा उत्साह ल्याउने विश्वास राखेका छन् ।

यस्तो हुनेछ खेल

यो अनौठो फर्म्याटको खेलमा तीन टिम हुनछन् । खेल ३६ ओभरको हुनेछ । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डे भिलियर्स हालका कप्तान क्वेन्टन डेक र फास्ट बलर कगिसो रबाडाले एक एक टिमको कप्तानी गर्नेछन् । विश्वमे पहिलो पट यस्तो किसिमको क्रिकेट खेलिन लागेको हो ।

क्रिकेट साउथ अफ्रिकाले खेलको तीन टिमको घोषणासमेत गरेको छ । जसमा डे भिलियर्सले कप्तानी गर्ने एबी इगल्स, डे ककले कप्तानी गर्ने क्वीन काइट्स र रबाडाले कप्तानी गर्ने केबी किंग्सफिसर रहेको छ ।

यसबाहेक फाप डु प्लेसिस डेविड मिलर क्रिस मोरिस रुसी भार डुसेन लुंगी एनगिदी एनरिच नोर्ते लगायत खेलाडीहरु खेल्नेछ । एक टिममा ८ खेलाडी हुनेछन् ।

यस्तो हुनेछ नियम

कुल ३६ ओभरको खेलमा १८-१८ ओभरको दुई हाफ हुनेछ । खेललाई १२-१२ ओभर गरेर तीनवटा इनिङ्समा विभाजन गरिनेछ । खेलमा सहभागी प्रत्येक टिममा ८-८ जना खेलाडीहरु हुनेछन्।

हरेक टिमले ब्याटिङ र बलिङका लागि १२ ओभर पाउनेछ । जसलाई ६-६ ओभमा विभाजन गरिनेछ ।

एउटा बलरले एक इनिङ्समा बढीमा ३ ओभर बलिङ गर्न पाउनेछ । एक टिमले ७ विकेट गुमाएपछि अन्तिम ब्याट्सम्यान बाँकी रहनेछ ।

अन्तिममा सबैभन्दा धेरै रन बनाउने टिम विजेता हुनेछ । धेरै रन प्रहार गर्ने टिमले गोल्ड, दोस्रो हुनेले सिल्भर तथा तेस्रो हुनेले ब्रोन्ज जित्नेछ ।

क्रिकेट दक्षिण अफ्रिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय