+
+

आईजीपीलाई बधाई दिँदै गृहमन्त्रीले भने– मेरो पूर्ण साथ रहन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १४:०९

२५ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

‘तपाईंको कार्यकालमा शान्ति, सुरक्षा, अमनचयन कायम हुने विश्वास लिएको छु,’ गृहमन्त्रालयमा बिहीबार भएको भेटमा गृहमन्त्री थापाले भने, ‘मेरो पूर्ण साथ र समर्थन रहन्छ ।’

ट्राक रेकर्डका आधारमा योग्य देखेर नै जिम्मेवारी दिएको भन्दै गृहमन्त्री थापाले समायोजनको काम टुंगोमा छिटो पुग्ने गरी काम गर्न आईजीपी थापालाई निर्देशन समेत दिए ।

‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो,’ भेटको क्रममा गृहमन्त्री थापाले भने, ‘त्यसमा विशेष ध्यान दिनुहोस् ।’

सोही क्रममा गृहसचिव महेश्वर न्यौपानेले पनि आईजीपी थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिमवर्कमा काम गर्न निर्देशन दिए ।

भेटको क्रममा नवनियुक्त आईजीपी थापा क्षेत्रीले आफू गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नो कार्यकालमा इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?