+

राष्ट्रिय फुटबल टिमका ४८ पूर्वखेलाडी सम्मानित

२०७७ असार  ३१ गते १७:२८ २०७७ असार ३१ गते १७:२८
राष्ट्रिय फुटबल टिमका ४८ पूर्वखेलाडी सम्मानित

३१ असार, काठमाडौं । फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय टिमबाट खेलेका २० महिला र २८ पुरुष पूर्वखेलाडीलाई एफएमटीले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा बुधबार एन्फा कम्प्लेक्समा सम्मान गरेको हो ।

एफएमटीबाट सम्मानित हुने पुरुष खेलाडीमा गणेश थापा, कृष्णबहादुर थापा, श्रीराम रंजितकार, धिरेन्द्रकुमार प्रधान, भक्तराज कर्णिकार,मानबहादुर मल्ल, विनय श्रेष्ठ, भिक्टर राणा, अजय मानन्धर, लोकबहादुर शाही, गोपाल श्रेष्ठ, किरण राई, बिदुर बिष्ट र राम दर्शन गुरुङ, नरेन्द्र श्रेष्ठ, मोहन शाही, दीपक हर्ष बज्राचार्य, पुनम थापा, जीवन श्रेष्ठ, रजतमान तुलाधर, वरुण मानन्धर, कृष्ण आले, डम्बरसिंह गुरुङ, दिनेश थापा, राजुकाजी शाक्य, यमबहादुर घले, सुरेश बस्नेत र राजेश मानन्धर रहेका छन् ।

यस्तै महिलातर्फ जमुना गुरुङ, चन्दा भण्डारी, प्रमिला राई, भगवती थापा, अनु लामा, अस्मिता खवास, सपना लामा, नमिता दाहाल, उषा भण्डारी, लक्ष्मी पौडेल, मनमाया मगर, दीपा अधिकारी, निरु थापा, सजना राना मगर, मिरा महर्जन, विनिता श्रेष्ठ, दीपा क्षेत्री, रन्जना दर्जी, निशा देवान र तुलाषा सिंह रहेकी छिन् ।

एफएमटीले सन् १९८३ पछिका पुरुष खेलाडी र सन् २०१० सम्मका महिला खेलाडीलाई सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए ।

एन्फा अध्यक्ष शेर्पाले यस कार्यक्रमले अन्य खेलाडीलाई समेत हौसला प्रदान गरेको बताए । यसैगरी एफएमटीका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले एन्फाले आफूहरुलाई हौसला प्रदान गरेको बताए ।

यस्तै कार्यक्रममा राखेपका पूर्वसदस्य सचिव स्वर्गीय राजबहादुर सिंह र शम्भु बास्तोलालाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

फुटबल खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय